नेकपा पार्टी हुम्लाः प्रथम एकता बैठक पुस २७ गते सिमकोटमा हुने

फिल्को मिसन

पुस १८, २०८२ शुक्रबार
हुम्ला । नेपाली कम्युनिस्ट पार्टी हुम्ला जिल्लाको प्रथम एकता बैठक आगामी पुस २७ गते सिमकोटमा आयोजना हुने भएको छ । पार्टी केन्द्रीय समितिको निर्देशनअनुसार जिल्ला कमिटी गठन तथा संगठन सुदृढीकरण गर्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको हो ।
पार्टीद्वारा जारी सूचनाअनुसार उक्त बैठक जिल्ला समन्वय समितिको हल, सिमिकोट–हुम्लामा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । बैठकमा पार्टीको भावी कार्यदिशा, संगठन विस्तार, वर्तमान राजनीतिक परिस्थिति तथा जिल्लास्तरीय एकता सुदृढीकरणका विषयमा व्यापक छलफल हुने जनाइएको छ ।
सूचनामा नेपाली कम्युनिस्ट पार्टी हुम्ला जिल्लाका सम्पूर्ण जिल्ला कमिटी सदस्य कमरेडहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । साथै बैठकलाई सफल बनाउन सबै सम्बन्धित कमरेडहरू समयमै उपस्थित हुन पार्टीले आग्रह गरेको छ ।
पार्टी कार्यालयका तर्फबाट जारी सूचनामा हस्ताक्षर गरेका कार्यवाहक दलका सदस्य डा.दीपेन्द्र रोकायाले उक्त एकता बैठकले पार्टी संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस