रास्वपाबाट समानुपातिक उम्मेदवारी आह्वान, अघिल्ला सांसद सहभागी नहुने

फिल्को मिसन

कार्तिक २२,२०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारी आह्वान गरेको छ। चितवनको सौराहामा सम्पन्न दुईदिने विस्तारित बैठकले आजैदेखि उम्मेदवारी खुला गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखाअनुसार प्रक्रिया अघि बढाइने भएको छ।

रास्वपाले उम्मेदवारका लागि स्वघोषणासहितका कडा मापदण्ड सार्वजनिक गरेको छ। यसअन्तर्गत अघिल्लो निर्वाचन ९२०७९० मा समानुपातिकतर्फबाट सांसद बनेकाहरूलाई पुनः उम्मेदवारी दिन नपाइने व्यवस्था गरिएको छ। पार्टीले उम्मेदवार छनोटमा पारदर्शिता कायम गर्न अडिट समिति गठन गर्ने र ११० जनाको बन्दसूचीमा प्रदेशगत, जातीय तथा जनसांख्यिक प्रतिनिधित्व सुनिश्चित गर्ने जनाएको छ। साथै २५–४० वर्षका युवाका लागि विशेष कोटा र प्रवासी नेपालीका लागि पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

प्रतिक्रिया दिनुहोस