आगलागी पीडित परिवारलाई राहत वितरण

फिल्को मिसन

असार २,२०८२
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका –३ उनपानी गाउँमा भएको आगलागीबाट प्रभावित परिवारलाई स्थानीय तह,नेपाल रेडक्रसले खाद्य र गैरखाद्य राहत सामग्री वितरण गरेको छ । आगो नियन्त्रणमा आएपश्चात् सर्केगाड गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति,नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्ला परिचालन भई स्थलगत सर्वेक्षण गरी स्थानीय तहबाट दाल, चामल,तेल ।चाउचाउ र रेडक्रसबाट गैरखाद्य राहत सामग्री वितरण गरिएको हो ।


सर्केगाड गाउँपालिका –३ उनपानी गाउँमा मिति २०८२साल असार १गते भएको आगलागी हुँदा ८ घर जलेर नष्ट भएको थियो । ती घरपरिवारलाई प्रतिपरिवार त्रिपाल १, कम्बल १,म्याटेस १थान ो गैरखाद्य राहत सामग्री वितरण गरिएको रेडक्रस हुम्लाका मन्त्री अर्जुन बोहराले जानकारी दिएको छ । राहत सामग्री वितरण गर्दै सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले रेडक्रसको सहयोग उल्लेखनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । प्रभावितलाई तत्काल पालिकाबाट खाद्य बस्तु र रेडक्रसबाट गैरखाद्य राहत सामग्री वितरण गरिएको बताउनुभयो । सिमकोट गाउँपालिका बाट ५० हजार बराबरको खाद्ययन र चाउचाउ सहयोग गरेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भडारीले बताए ।

उनापानी गाउँमा आठ बाट घर जलेर खरानी भएको थियो । आगलागी बाट सर्केगाड गाउँपालिका–३ का धनबहादुर रावत,बिर्ख रावत,जनक रावत,बाटुली रावत,लालकर्रौ फडेरा,पाले फडेरा,आशा फडेरा र बिर्जन फडेराको घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिए । अहिले सम्म मानवीय तथा पशु चौपाय क्षति नभएको र स्थानीयवासी र प्रहरीहको सहयोगमा आगो निभाउने काम भइरहेको डिएसपी पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस