कांग्रेसका ७ हजार ११४ महाधिवेशन प्रतिनिधि को–को ? [नामावलीसहित]

फिल्को मिसन

२०८३ असोज २०, मंगलबार
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ। पार्टीले निर्वाचन प्रयोजनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा मतदाताको प्रथम नामावली आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु भएको १५औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउँदै प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको जनाएको छ। सार्वजनिक सूचीमा देशभरबाट छनोट भएका ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिको नाम समेटिएको छ।

पार्टीले सार्वजनिक गरेको नामावली प्रथम सूची भएकाले कुनै प्रतिनिधिको नाम छुटेको भए अन्तिम नामावली प्रकाशनका क्रममा समावेश गरिने जनाएको छ। यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या र निर्वाचन प्रक्रियाबारे थप स्पष्टता आएको छ।
https://drive.google.com/file/d/1fVB89fAcRnCUMW-CPVf5_LQqJNWLhUe0/view

प्रतिक्रिया दिनुहोस