७७ जिल्लालाई उछिन्दै सांगठनिक प्रतिवेदनमा नेकपा हुम्ला पहिलो

फिल्को मिसन

नेकपाको सांगठनिक गतिविधिमा हुम्लाको अग्रता, पाँच महिनाको प्रतिवेदन माधव नेपाललाई हस्तान्तरण

कार्तिक २९,२०८३ आइतबार
हुम्ला । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ७७ जिल्ला समितिमध्ये सांगठनिक गतिविधिको लिखित प्रतिवेदन बुझाउनेमा हुम्ला पहिलो बनेको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार असारदेखि कार्तिकसम्म सञ्चालन गरिएका संगठन विस्तार, पार्टी परिचालन र सांगठनिक गतिविधिको विस्तृत विवरण समेटिएको प्रतिवेदन हुम्ला जिल्ला समितिले पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई हस्तान्तरण गरेको हो।

जिल्ला इन्चार्ज हस्तबहादुर शाही र जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाले कार्तिक २९ गते सहसंयोजक नेपाललाई प्रतिवेदन बुझाउनुभएको हो। पाँच महिनाको सांगठनिक गतिविधिलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै लिखित प्रतिवेदन प्रस्तुत गर्ने हुम्ला जिल्ला समिति पार्टीका ७७ जिल्लामध्ये पहिलो बनेको जिल्ला समितिले जनाएको छ।
केन्द्रीय निर्देशनअनुसार समयमै विस्तृत प्रतिवेदन बुझाएको भन्दै सहसंयोजक नेपालले हुम्ला जिल्ला समितिको प्रशंसा गर्नुभएको छ। उहाँले सांगठनिक गतिविधिको व्यवस्थित प्रस्तुति र जिम्मेवारीपूर्वक प्रतिवेदन बुझाएकोमा धन्यवाद व्यक्त गर्नुभयो।
हुम्ला जिल्ला समितिको यस पहललाई पार्टीका अन्य जिल्ला तथा प्रदेश समितिका लागि पनि उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ। पार्टीका विभाग तथा जनवर्गीय संगठनलाई समेत नियमित रूपमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्न ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया दिनुहोस