नुर्बु लामाले गरे गुठिचौर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा
कात्तिक ३०, २०८३, सोमबार
जुम्ला । जुम्लाका होटल व्यवसायी नुर्बु लामाले आगामी स्थानीय तहको निर्वाचनमा गुठिचौर गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लामाले आफ्नो सामाजिक सञ्जालमार्फत आगामी स्थानीय तहको निर्वाचनमा गुठिचौर गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै कृषि र पर्यटनको क्षेत्रमा गाउँपालिकालाई नमुना बनाउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिन लागेको उल्लेख गरेका छन् । कुनै लोभलालच नराखी जनताको साथ र सहयोगको अपेक्षासहित उम्मेदवारी दिने उनको भनाइ छ ।
लामाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “जुम्ला जिल्ला गुठिचौर गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उठ्ने चाहना भएकाले म स्वतन्त्र उम्मेदवारी दिनेछु। कुनै लोभलालच नभएकाले, कृषि र पर्यटनमा नमुना गाउँपालिका बनाउने चाहना भएकाले तथा झुटको खेती नगर्ने वाचासहित मेरो उम्मेदवारी रहनेछ। हजुरहरूको साथको आशामा छु।”
जुम्ला विमानस्थल नजिकै रहेको कान्जिरोवा होटलका सञ्चालकसमेत रहेका लामाले यसपटक कुनै राजनीतिक दलबाट नभई स्वतन्त्र रूपमा उम्मेदवारी दिने जानकारी टेलिफोनमार्फत दिएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा चुनावी चर्चा र राजनीतिक गतिविधि बढ्न थालेका छन् । निर्वाचन आयोगले आगामी फागुन, चैत वा वैशाखमा निर्वाचन गर्ने अनुमान गरिएको छ । यद्यपि, निर्वाचन अगाडि सारिएमा फागुनको अन्तिम साता वा च