जडीबुटी संकलनमा गएका हुम्लाका १० जना सकुशल घर फर्किए

फिल्को मिसन

२०८३, असोज,१२ गते

हुम्ला ।जडीबुटी संकलनका क्रममा सम्पर्कविहीन भएका सिमकोट गाउँपालिका–२, ठेहेका १० जना स्थानीय सकुशल घर फर्किएका  छन् ।

जटबुटी संकलनका लागि खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–५ को सीमावर्ती वन क्षेत्रमा गएका उनीहरू एक सातादेखि परिवार तथा आफन्तको सम्पर्कमा आएका थिएनन्।

सम्पर्कविहीन भएपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले उनीहरूको खोज तथा उद्धारका लागि पहल गरिरहेका बेला सबै जना भर्खरै प्रहरी चौकी ठेहेको सम्पर्कमा आएको र त्यसपछि सकुशल घर पुगेको जानकारी प्राप्त भएको छ।

उनीहरू सकुशल घर फर्किएपछि परिवार तथा आफन्तमा देखिएको चिन्ता हटेको छ। घटनाबारे थप विवरण भने आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस