प्रचण्डद्वारा ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक विमोचन

फिल्को मिसन

कर्णालीका उपेक्षा, संघर्ष र सम्भावनालाई उजागर गर्ने पुस्तक सार्वजनिक

२०८३कार्तिक २१,शनिबार
काठमाडौं । कर्णालीका सामाजिक, सांस्कृतिक तथा विकासका सवाललाई उजागर गर्ने उद्देश्यले लेखिएको ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक शनिबार काठमाडौंमा विमोचन गरिएको छ।
डा. दीपेन्द्र रोकाया र मोहन दास मानन्धरद्वारा लिखित उक्त पुस्तक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोचन गर्नुभएको हो।


आरम्भ प्रकाशनको आयोजनामा २०८३ कात्तिक २१ गते शनिबार बिहान ११ः३० बजे काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।
‘सत्य, न्याय र समृद्धिका लागि कलमको यात्रा जारी छ’ भन्ने सन्देशसहित प्रकाशित पुस्तकले कर्णालीको ऐतिहासिक उपेक्षा, संघर्ष, पहिचान, सामाजिक यथार्थ र उज्यालो भविष्यका विविध पक्षलाई समेटेको छ। पुस्तकले कर्णालीका समस्या, सम्भावना तथा विकासका सवाललाई राष्ट्रिय बहसको विषय बनाउने प्रयास गरेको छ।


पुस्तक विमोचन कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले कर्णालीको विकास, समृद्धि र न्यायपूर्ण भविष्यका सवालमा महत्वपूर्ण धारणा राख्नुभएको नेकपा हुम्लाका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य हस्तबहादुर शाहीले फिल्को मशिन डटकमलाई जानकारी दिनुभयो।
कर्णालीको आवाजलाई राष्ट्रिय स्तरमा उठाउने उद्देश्यसहित तयार पारिएको पुस्तकले कर्णालीको वास्तविक अवस्था बुझ्न तथा उक्त क्षेत्रप्रतिको दृष्टिकोणलाई थप फराकिलो बनाउन सहयोग गर्ने विश्वास लेखकहरूले लिएका छन्।
पुस्तकले कर्णालीको उपेक्षा, संघर्ष र सम्भावनालाई साहित्यिक तथा वैचारिक दृष्टिकोणबाट प्रस्तुत गर्दै विकास, न्याय र समृद्धिको बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस