तिहार विशेष रैथाने मेलामा हुम्ली स्याउको चर्चा, उद्योगमन्त्रीद्वारा खरिद

ऋर्जुन बोहरा

हुम्लाको अग्रानीक उत्पादनलाई राष्ट्रिय बजारमा चिनाउने अभियानमा हुम्लि अल्फा अर्गानिक हाउस

२०८३ कार्तिक २१,शनिबार
काठमाडौं । काठमाडौंमा नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा आयोजित तिहार विशेष रैथाने मेलामा हिमाली जिल्ला हुम्लामा उत्पादित हुम्ली स्याउले विशेष आकर्षण प्राप्त गरेको छ । मेलामा सहभागी हुम्ली अल्फा अर्गानिक हाउसको स्टल नम्बर २२ मा पुगेर नेपाल सरकारका उद्योगमन्त्री दीपककुमार साहले हुम्ली स्याउ खरिद गर्नुभएको छ।
हुम्लाको अग्रानीक कृषि उत्पादनलाई राष्ट्रिय बजारमा चिनाउने तथा हुम्ली स्याउको स्वाद, गुणस्तर र विशिष्ट पहिचानलाई स्थापित गर्ने उद्देश्यसहित हुम्ली अल्फा अर्गानिक हाउसले मेलामा स्याउको प्रदर्शनी तथा बिक्री वितरण गरिरहेको छ।


हुम्ली अल्फा अर्गानिक हाउसका सञ्चालक राम भण्डारीका अनुसार उद्योगमन्त्री स्वयं स्टलमा पुगेर हुम्ली स्याउ खरिद गर्नुभएको घटनाले हिमाली क्षेत्रका रैथाने उत्पादनप्रति सरकारी तहमा समेत चासो र आकर्षण बढ्दै गएको संकेत गरेको छ । उहाँले यसबाट हुम्ली स्याउको प्रवद्र्धन तथा बजारीकरण अभियानमा थप उत्साह मिलेको बताउनुभयो ।


भौगोलिक परिवेश, प्राकृतिक वातावरण र स्थानीय उत्पादनको विशिष्टतासँग जोडिएको हुम्ली स्याउ पछिल्लो समय बजार विस्तारको सम्भावना बोकेको महत्वपूर्ण कृषि उपजका रूपमा परिचित हुँदै गएको छ । यस्ता मेलाले स्थानीय उत्पादनलाई उपभोक्तासँग प्रत्यक्ष जोड्ने तथा उत्पादक र बजारबीचको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ ।
हुम्ली अल्फा अर्गानिक हाउसले रैथाने उत्पादनको संरक्षण, प्रवद्र्धन तथा बजारीकरणलाई प्राथमिकतामा राख्दै हुम्ली स्याउको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्न सक्रिय भूमिका निर्वाह गरिरहेको छ । मेलामा उद्योगमन्त्रीको सहभागिता तथा स्याउ खरिदले हुम्ली उत्पादनको प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।


स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई राष्ट्रिय बजारसम्म पु¥याउन सके किसानको आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । हुम्ली स्याउको बजार विस्तारले हिमाली क्षेत्रको कृषि उत्पादनलाई आर्थिक समृद्धिसँग जोड्ने सम्भावनासमेत बोकेको छ ।
तिहार तथा छठ पर्वको अवसरमा नेपाली मौलिक उत्पादन, स्वदेशी उद्यम र स्थानीय कृषि उपजको प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार विशेष रैथाने मेला आयोजना गरेको हो ।


मेलामार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नेपाली उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने र स्वदेशी वस्तुको उपभोग बढाउने लक्ष्य राखिएको छ। कम्पनीले ‘स्थानीय उत्पादन किनौँ, नेपाली उद्यमलाई चिनौँ र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाऔँ’ भन्ने सन्देशसहित उपभोक्ता तथा सर्वसाधारणलाई मेलामा सहभागी हुन आह्वान गरेको छ।
तिहार विशेष रैथाने मेलामा हुम्ली स्याउको सहभागिताले हिमाली उत्पादनको महत्व, सम्भावना र मौलिक पहिचानलाई थप उजागर गरेको छ । हुम्ली स्याउको स्वाद, हुम्लाको पहिचान र स्थानीय उत्पादनको गौरवलाई राष्ट्रिय बजारमा स्थापित गर्ने अभियानमा हुम्ली अल्फा अर्गानिक हाउसको सहभागिता महत्वपूर्ण बनेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार मेला २१ देखि २३ कात्तिकसम्म सञ्चालन हुने छ।

 

प्रतिक्रिया दिनुहोस