माओवादीद्धारा दल त्यागको गरेका दुई जनप्रतिनिधिलाई कारबाही सिफारिस

मन्दिर सिहं

२०७८बैशाखा,१४मंगलबार
हुम्ला । नेकपा माओवादी केन्द्र हुम्लाको अदानचुली गाउँ कमिटिले वडा अध्यक्षसहित दुई जना जनप्रतिनिधिलाई दल त्यागको कारबाही गरेको छ ।
सोमबार बसेको गाउँकमिटि सचिवालयको बैठकले अदानचुली गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी काबाही गर्न सिफारिस गरेको हो ।
गाउँकमिटि अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेर अन्य पार्टी ( नेकपा एमाले) लागेको भन्दै पार्टी वडा अध्यक्ष थापा र सदस्य महतारालाई कारबाहीका लागि जिल्ला पार्टीलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस