मन्त्रीका लागि जुम्कित लामाको नाम नेकपा हुम्लाद्वारा सिफारिस

फिल्को मिसन

कर्णालीमा सरकार गठनको तयारीसँगै हुम्ला जिल्ला समितिको निर्णय; यसअघि मन्त्री भइसकेका रणसिंह परियारलाई पुनः अवसर नदिन सिफारिस

२०८३साउन १२,मंगलबार
हुम्ला । कर्णाली प्रदेश सरकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वमा सरकार गठन हुने तयारी तीव्र भइरहेका बेला नेकपा हुम्ला जिल्ला समितिले प्रदेशसभा सदस्य जुम्कित लामाको नाम मन्त्रीका लागि सिफारिस गरेको छ।
यसअघि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका रणसिंह परियारलाई पुनः अवसर नदिई नयाँ नेतृत्वलाई प्राथमिकता दिने निर्णय गर्दै समितिले लामाको नाम पार्टीको प्रदेश तथा केन्द्रीय नेतृत्वसमक्ष पठाएको हो।
जिल्ला समितिका अनुसार हुम्लाबाट प्रतिनिधित्व गर्ने दुई प्रदेशसभा सदस्यमध्ये यसअघि मन्त्री भइसकेका रणसिंह परियारलाई यसपटक दोहो¥याउनु उपयुक्त नहुने निष्कर्ष निकाल्दै जुम्कित लामालाई मन्त्रीका लागि सिफारिस गरिएको हो।


समितिले पार्टी केन्द्र र प्रदेश नेतृत्वलाई पठाएको पत्रमा उल्लेख छ, “हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यमध्ये रणसिंह परियार यसअघि मन्त्री भइसकेकाले यसपटक नयाँ नेतृत्वलाई अवसर दिने निर्णयअनुसार जुम्कित लामाको नाम मन्त्रीका लागि सिफारिस गरिएको हो।“
यता, जिल्ला समितिको निर्णयप्रति रणसिंह परियारले असन्तुष्टि जनाएका छन्। यद्यपि मन्त्री चयनबारे अन्तिम निर्णय भने पार्टीको प्रदेश तथा केन्द्रीय नेतृत्वले गर्नेछ।
कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै नेकपाभित्र मन्त्री बन्ने आकांक्षी नेताहरूको राजनीतिक सक्रियता पनि बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस