बाजुरामा जिप दुर्घटना : उपचारका क्रममा दुई जनाको मृत्यु

फिल्को मिसन

२०८३ साउन ५।

बाजुरा ।बाजुरामा जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अमरसिंह बुढा रहेका छन्।

दुर्घटनापछि हिमाली गाउँपालिकाको एम्बुलेन्समार्फत दुवै जनालाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोमबार साँझ ५ः५० बजे उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सोमबार दिउँसो १ः२५ बजे हिमाली गाउँपालिका–५ अन्तर्गत क्युडी–कुवाडी सडकखण्डमा धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १४७८ नम्बरको जिप दुर्घटनामा परेको थियो।

दुर्घटनामा चालकसहित नौ जना घाइते भएका थिए। घाइतेमध्ये धर्मलाल बुढा र अमरसिंह बुढाको उपचारका क्रममा मृत्यु भएको हो।

अन्य घाइते मिजरा बुढा (३१), अस्मिता थापा (२०), जङ्गसिंह बुढा (२८), गोरख रोकाया (२०), लोकेन्द्र बुढा (२७), सुस्मा बुढा (९) तथा चालक करिब २५ वर्षीय जनवीर बुढाको कोल्टी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस