टोकियो ओलम्पिकमा ३ स्वर्ण सहित जापान शिर्ष स्थानमा
२०७८ श्रावण,१४विहीबार
एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ओलम्पिक अन्तर्गत अहिलेसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो भएको छ ।
जसमा कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । हालसम्म अमेरिका र चीनलाई पछि पार्दै जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण पदकसहित कुल २२ पदक जितेको छ, भने चीन १२ स्वर्णसहित कुल २७ पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ ।
तेस्रो स्थानमा झरेको अमेरिकाले ११ स्वर्णसहित कुल ३१ पदक जितेको छ । रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल २३ पदक जितेर चौथो स्थानमा रहँदा अष्ट्रेलिया ६ स्वर्णसहित कुल १६ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
हिजो नेपाली पौडी खेलाडी गौरिका सिंहले हिजो प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले नयाँ राष्ट्रिय किर्तिमान कायम गरेपनि ओलम्पिकमा भने हिट चरणबाटै बाहिरीनुभएको छ ।