युरोकप फुटबलको सेमिफाइनल समिकरण पूरा

फिल्को मिसन

२०७८असार,२०गते आईतबार

एजेन्सी
एजेन्सी ।१६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तर्गत गयराति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । हिजै भएको पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाकु ओलम्पिक स्टेडियममा भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्क रहेका छन् । सेमिफाइनलका खेलहरु क्रमशः बुधवार र बिहीवार हुने छ । पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस