सुनको मूल्यमा नयाँ कीर्तिमानस् तोलाको २ लाख ७४ हजार ७ सय
पुस २८, २०८२,सोमबार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज एक तोला चाँदी किन्न ग्राहकले पाँच हजार १ सय ९५ रुपैयाँ तिर्नुपर्नेछ। आइतबार चाँदी प्रतितोला चार हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो।