पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल घट्यो

फिल्को मिसन

मंसिर २९, २०८२
काठमाडौं । नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार, पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाइएको छ। समायोजन गरिएको नयाँ मूल्य आज राति १ बजेबाट लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस