नेप्से परिसूचकमा आज गिरावट
पुस २८, २०८२, सोमबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ।
नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ बिन्दुमा कायम aभएको छ। आज ३३३ कम्पनीका एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिद–बिक्री हुँदा कुल रू ६ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ दशमलव ६१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन एक दशमलव ०२ तथा म्युचुअल फण्ड समूह शून्य दशमलव ११ प्रतिशतले बढेका छन् भने बाँकी सबै समूहका उपसूचक घटेका छन्।
बैंकिङ शून्य दशमलव २५, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ११, लगानी शून्य दशमलव ४२, जीवन बीमा शून्य दशमलव १८, लघुवित्त शून्य दशमलव ६६, निर्जीवन बीमा शून्य दशमलव १४, व्यापार एक दशमलव १६ र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले घटेका छन्।
आजको कारोबारमा एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव २४ प्रतिशतले घटेको छ।