कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य

फिल्को मिसन

मंसिर १४, २०८२
सुर्खेत । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन जोड्यो।

कर्णालीका लागि गुल्सन झा उत्कृष्ट प्रदर्शन गर्दै २२ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अविजित ४९ रन बनाए। नन्दन यादव पनि १ रनसहित अविजित रहे।
पवन सर्राफले २९ बलमा २ चौका र २ छक्काको मद्दतमा ३५ रन जोडे भने सन्तोष यादवको बलमा एलबीडब्ल्यु आउट भए। ओपनर मार्क वाटले २७ बलमा ३० रन बनाउँदै रनआउट भएका थिए। अर्का ओपनर प्रियाङ्क पञ्चाल भने रोयल डकआउट भए। विलियम बसिस्टो १ रनमै रनआउट हुन पुगे। नजिबुल्लाह जड्रान १२ रन जोड्दा रासिद खानको बलमा साहब आलमबाट क्याच आउट भए। कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारको बलमा कट–एण्ड–बोल्ड भए। त्यसैगरी, दिपक डुम्रे १० रन बनाएर रासिद खानकै बलमा बोल्ड भए। बलिङतर्फ काठमाडौंका रासिद खानले २ विकेट लिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान १–१ विकेट आफ्नो नाममा रहे।

प्रतिक्रिया दिनुहोस