अनियमितता छानबिन समिति बनेपछि अदानचुलीको बजेट पारित

फिल्को मिसन

आसर ३,२ २०८३
हुम्ला । अदानचुली गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट भुक्तानी अनियमितताको आरोपबारे छानबिन समिति गठन भएपछि गाउँसभाबाट बहुमतले पारित भएको छ।
गाउँसभामा असार २४ र २५ गते सुत्र प्रणालीमार्फत गरिएका भुक्तानीमा अनियमितता भएको विषयमा सदस्यहरूले गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए। छानबिन नभएसम्म बजेट पारित नगर्ने अडानपछि गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिलाई एक साताभित्र भुक्तानी प्रक्रिया, बजेट शीर्षक परिवर्तन, योजना भुक्तानी तथा रकम फ्रिज हुनुका कारणबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार समिति गठनपछि गाउँसभाले आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित गरेको हो। गाउँपालिकाले चालुतर्फ १९ करोड २० लाख ९६ हजार २ सय १८ रुपैयाँ ८० पैसा र पुँजीगततर्फ १९ करोड ७६ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक थप निर्णय तथा कारबाही प्रक्रिया अघि बढाइने गाउँसभाले जनाएको छ।का साथ हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस