रुकुमपूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्प

फिल्को मिसन

साउन ३, २०८३ ९आइतबार
रुकुमपूर्व । रुकुमपूर्वलाई केन्द्रबिन्दु बनाएर आइतबार साँझ ५।० म्याग्निट्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुमपूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५।० म्याग्निट्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्ला तथा क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ।

भूकम्पपश्चात् स्थानीयवासी केही समय त्रसित बनेका थिए। यद्यपि, हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायहरूले सम्भावित क्षतिको विवरण संकलन तथा अनुगमन गरिरहेका छन्। क्षतिको पुष्टि भएमा सम्बन्धित निकायले थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस