मालिका माध्यमिक विद्यालयमा विरेन्द्र शाही अध्यक्ष निर्वाचित

फिल्को मिसन

मंसिर २३, २०८२
हुम्ला। खार्पुनाथ गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा विरेन्द्र शाही विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका छन्। मंसिर २२ गते (सोमबार) विद्यालयमा बसेको बैठकबाट नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको निवर्तमान अध्यक्ष टक्कबहादुर शाहीले जानकारी दिएका छन्।
शाहीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। नवगठित समितिका पदाधिकारी तथा सदस्यहरू यस प्रकार छन् ।अध्यक्षः विरेन्द्र बहादुर शाही,सदस्यहरूः खडक बुढा, गुरुचन्द जैसी, रुन्सरी कामी, सौमती कामी, डबल बहादुर शाही, समिक्षा शाही र शिक्षक प्रतिनिधिः हिमबहादुर शाही निर्वाचित भएका छन् ।
यसैगरी, विद्यालयको शिक्षक–अभिभावक संघ पनि आजै पुनर्गठन गरिएको छ। रविन्द्र शाहीको अध्यक्षतामा ११ सदस्यीय संघ गठन गरिएको निवर्तमान अध्यक्ष शाहीले बताए।

प्रतिक्रिया दिनुहोस