ट्रम्पले नयाँ कार्यकाल सुरु गर्दा युरोपमा अशान्ति

एजेन्सी

माघ ११,२०८१ शनिबार

अमेरीका । अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको शुरुवाती दिनहरूले युरोपभरि अशान्तिको लहर फैलाएको छ। युरोपेली संघलाई अनुचित व्यवहारको आरोप लगाउँदै ट्रम्पले व्यापार असन्तुलनलाई सम्बोधन गर्ने उद्देश्यले कर लगाउने घोषणा गरेसँगै युरोपभर अशान्ति मच्चिएको छ।

नयाँ कार्यकालमा ट्रम्पका नीतिहरूले व्यापार सम्बन्ध मात्र नभई युरोपको क्षेत्रीय अखण्डता, रक्षा प्राथमिकताहरू र आर्थिक दृष्टिकोणलाई पनि असर पर्नेछ। व्यापारभन्दा बाहिर पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट फिर्ता हुने ट्रम्पको निर्णयले युरोपेली समकक्षीहरूसँग फाटोलाई गहिरो बनाएको छ। ट्रम्पको दोस्रो कार्यकालमा युरोपले एउटा महत्वपूर्ण मोडको सामना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस