ताँजाकोटमा नेपाली कम्युनिस्ट पार्टीको एकता बैठक सम्पन्न

फिल्को मिसन

मंसिर २५,२०८२
ताँजाकोट । नेपाली कम्युनिस्ट पार्टी ताँजाकोट गाउँ समितिले एकता पछि पहिलो औपचारिक बैठक ताँजाकोटमा सम्पन्न गरेको छ । बैठकमा सदस्यहरूले संगठनप्रति जिम्मेवारी, अनुशासन र सकारात्मक व्यवहारमा ध्यान दिन प्रतिबद्धता जनाए ।
बैठकमा सदस्यहरूलाई आफ्ना कर्तव्य समयमै र गुणस्तरीय रूपमा पूरा गर्ने, नियम र प्रक्रियाको सम्मान गर्ने, र संगठनको छवि निर्माणमा ध्यान दिने निर्देशन गरेको छ । साथै, देश, समाज र स्थानीय समस्याको अध्ययन गर्दै नेतृत्व, संवाद र समस्या समाधान क्षमता सुधार्नेमा जोड दिन आग्रहा गरेको छ ।
सदस्यहरूले फरक विचार भए पनि सम्मानपूर्वक प्रस्तुत गर्ने, अफवाह फैलिन नदिने र सहकर्मीहरूसँग सहकार्यमा जोड दिने प्रतिबद्धता व्यक्त गरे। जनताको आवश्यकतामा ध्यान दिने, सामाजिक काममा सक्रिय रहने, पारदर्शिता र सत्यनिष्ठा अपनाउने, र व्यक्तिगत गुण विकास गर्ने विषयमा पनि छलफल भएको तत्कालिन माओवादी केन्द्रका कर्णाली प्रदेशका सदस्य तथा ताँजाकोट गाउँपालिका इन्चार्ज गोपाल बुढाले बताए ।।
बैठकले संगठनमा आन्तरिक एकता बलियो बनाउने र सबै सदस्यलाई ‘समस्या होइन, समाधान दिने व्यक्ति’ बन्न प्रेरित गर्ने उद्देश्य राखेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस