कर्णाली. कर्णाली करिडोरमा दुःखद घटना :ढुङ्गा लागेर किशोरीको मृत्यु

फिल्को मिसन

२०८३जेठ,३०,शनिबार,
सिमकोट, जेठ ३० । हुम्लाको कर्णाली करिडोर सडकखण्डमा माथिबाट खसेको ढुङ्गा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ।
शनिबार बिहान करिब १०ः३० बजेतिर कर्णाली करिडोरअन्तर्गत थाग्ना क्षेत्रमा माथिबाट खसेको ढुङ्गा लाग्दा सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रहरीका अनुसार पवित्रा गाईगोरु चराउन जाने क्रममा माथिबाट अचानक खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।

शनिबार सार्वजनिक बिदाको अवसरमा पवित्रा गाईगोरु चराउन जंगल गएकी थिइन्। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा अन्य आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
करिडोरमा ढुङ्गा खस्दा किशोरीको ज्यान गयो
शनिबार, जेठ ३०, २०८३

प्रतिक्रिया दिनुहोस