बाच्न डरायकाहरु

भिम बहादुर फडेरा
फागुन ८, २०७९
खान मन लागेको नपायरै पनि झुन्डीयका छन यहाँ ।
जान मन लागेको नपायरै पनि झुण्डियका छन यहाँ ।
कायरहरु यस्तै गर्दछन जीवन संघष हो नबुझे पछि
कान कुनै कुरै नपारेरै पनि झुण्डियका छन यहाँ ।
के रुनु तिनलागी कठै भनि बाच्नु दुःःख गरेरै छ अझै
सान परिवारको गुमायरै पनि झुण्डियका छन यहाँ ।
मर्नुत एक दिन अबस्य छ जान्दा जान्दै हतार गरेर
मान जिउँदोमा नपायरै पनि झुण्डियका छन यहाँ ।
आशा र बिस्वासमा अडेको हुन्छ जीवन तर कातरहरु
दान नै पे्ररणाको नपायरै पनि झुण्डियका छन यहाँ ।