अदानचुलीमा ठेउलाको संक्रमण फैलँदै, ३५ जना बिरामी

फिल्को मिसन

पुस १३,२०८२
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–४ अन्तर्गत रिल्म र बिगोठी गाउँमा ठेउला ९चिकेनपक्स० रोगको संक्रमण देखिएको छ ।

गाउँमा रोग फैलिएको सूचनापछि स्वास्थ्य शाखाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ५५ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ३५ जनामा ठेउलाको लक्षण देखिएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सन्तोष बुमीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिरामीको अनुहार, शरीर र पाखुराभरि ठेउलाजस्तै फोका देखिएका छन् । प्रारम्भिक लक्षणका आधारमा ठेउलाको आशंका गरिएको र पुष्टि तथा उपचारका लागि नमुना संकलन गरिएको छ ।

गाउँमा ठेउलाका बिरामी मात्रै नभई अन्य विभिन्न रोगको समेत प्रकोप देखिएको स्वास्थ्य शाखाले जनाएको छ । भाइरसबाट सर्ने सरुवा रोग भएकाले अन्य व्यक्तिमा संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै स्थानीयलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस