जिल्ला अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

फिल्को मिसन

मंसिर २१, २०८२
हुम्ला। जिल्ला स्वास्थ्य सेवा कार्यालय, हुम्लाले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण प्राप्त गरेको छ। यी सामग्रीहरू वानहट ओल्डवाइड स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाले( एसआइडिसी) सहयोगस्वरूप प्रदान गरेको हो।
एसआइडिसी फिल्ड अफिसर रिक्जिन आङमु लामाका अनुसार हस्तान्तरण गरिएको सामग्री विशेषगरी जिल्ला अस्पतालअन्तर्गतको प्रसूति गृहका लागि उपलब्ध गराइएको हो। संस्थाले करिब ३५ प्रकारका आवश्यक प्रसूति तथा स्वास्थ्य उपकरणहरू प्रदान गरेको बताइएको छ।
आइतबार एक कार्यक्रमबीच सामग्रीहरू जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीलाई औपचारिक रूपमा बुझाइयो।
एसआइडिसी हुम्लाका जिल्ला संयोजक प्रकाश शर्माका अनुसार प्रदान गरिएका सामग्रीमा डेलिभरी बेट, अक्सिजन सिलिन्डर, ट्रली, पेरी–लाइट, डेलिभरी सेट, ईपीसेट, इम्प्लान्ट सेट, तातो पानी तताउने कित्ली, रिल्याक्स कुर्सी, फुटस्टेप, रबर सेट, अटो–टेप, ब्लड–प्रेसर सेट लगायतका उपकरण समावेश छन्।
यस्तै अन्य सामग्रीमा फिटोस्कोप, डिजिटल थर्मोमिटर, र्यापर, कोचर–फोर्सेप, आइभी–स्ट्यान्ड, हेड–ल्याम्प, फिटल डप्लर, नियोनेटल एम्बु–ब्याक, रूम–थर्मोमिटर, पेङ्गुइन सक्सन, नियोनेटल स्टेथोस्कोप, मेजरिङ टेप, इन्स्ट्रुमेन्ट ट्रे, प्लास्टिक एप्रोन, माकिन्टोस, म्योस–ट्रली, प्रि–इक्लाम्सिया÷इक्लाम्सिया म्यानेजमेन्ट सेट, क्याली–फोर्सेप, इम्प्लान्ट रिमूवल सेट, इम्प्लान्ट इन्सर्शन सेट, ब्यान्डेज सिजर आदि सामग्री समावेश छन्।
यसका लागि एसआइडिसी हुम्लाले रु. १ लाख ४१ हजार ६ सय ४९ रुपैयाँ ८३ पैसा बराबरको आर्थिक लगानी गरेको फिल्ड अफिसर सर्जन रोकायाले जानकारी दिए।
सामग्री हस्तान्तरण कार्यक्रममा डा. तिवारी, नर्सिङ स्टाफ सरिता बोहोरा, सपना रानामगर, एसआइडिसी का निर्देशक गोविन्द शाही, बोर्ड सदस्य छपाल लामा, लेखापाल तुलाराम बुढाथोकीलगायत सरोकारवालाको उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस