मर्मतका लागि हिल्दुम विद्युत वितरण केन्द्र पाँच दिन बन्द हुने

फिल्को मिसन

कार्तिक २०, २०८२
सिमकोट । हुम्लाको सिमकोट सहित आसपासका गाउँपालिकाका केही वडामा विद्युत आपूर्ति गर्ने हिल्दुम विद्युत वितरण केन्द्र पाँच दिनका लागि बन्द हुने भएको छ ।
वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार हिल्दुमस्थित पावरहाउसको इन्टेक, फर्बे र ओभरफ्लोका केही भागमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले कार्तिक २३ गतेदेखि २७ गतेसम्म विद्युत आपूर्ति पूर्ण रूपमा रोकिनेछ ।
उनका अनुसार मर्मत अवधिमा सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने भएकाले उपभोक्ताहरूलाई असुविधा हुने भए पनि सुरक्षित र दिगो वितरण सुनिश्चित गर्नका लागि यो काम गर्न आवश्यक रहेको बताइएको छ ।मर्मत कार्य सम्पन्न भएपछि हिल्दुम वितरण केन्द्रबाट नियमित रूपमा विद्युत प्रसारण सुरु गरिने इन्जिनियर शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस