भारतमा फेला परेका हुम्लाका युवकको परिवार खोज्न सार्वजनिक अपिल

फिल्को मिसन

२०८३ साउन १८, सोमबार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८, स्याडाका एक युवक भारतमा फेला परेका छन्। उनी हाल आफ्नो नाम, बुबा–आमाको नाम र ठेगाना मात्र बताउन सक्ने अवस्थामा रहेको जानकारी प्राप्त भएको छ ।
प्राप्त विवरणअनुसार ती युवकको नाम दाबा साडपो बुढा हो। उनका बुवाको नाम अर्जुन बुढा र आमाको नाम नामादक जाडमु बुढा रहेको बताइएको छ। उनको स्थायी ठेगाना सिमकोट गाउँपालिका–८, स्याडा, हुम्ला हो।
युवकलाई आफ्ना परिवारसँग पुनर्मिलन गराउन परिवार, आफन्त तथा चिनेजानेका व्यक्तिहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ। साथै, सम्बन्धित व्यक्तिका बारेमा जानकारी हुने जो–कोहीलाई पनि यो सूचना परिवारसम्म पु¥याइदिन अनुरोध गरिएको छ।
स्थानीय स्तरमा परिवारको खोजीका लागि पहल भइरहेको जनाइएको छ। सबैलाई यो सूचना सामाजिक सञ्जालमार्फत व्यापक रूपमा साझा (सेयर) गरी स्याडा, सिमकोट र हुम्लासँग सम्बन्धित व्यक्तिहरूसम्म पु¥याउन अपिल गरिएको छ।
सम्पर्क नम्बरः
भारतः ९१९९५८४ १३९४४
नेपालः ९७७ ९८५१०६०५८८
समयमै सूचना परिवारसम्म पुग्न सके युवकलाई सुरक्षित रूपमा आफ्ना आफन्तसँग पुनर्मिलन गराउन सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस