हुम्लाबाट प्रतिनिधिसभा चुनाव लड्दै एमाले केन्द्रीय सदस्य दल फडेरा

फिल्को मिसन

माघ ३, २०८२ शनिबार

हुम्ला । नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेरा हुम्ला जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। पार्टी सचिवालय बैठकले हुम्ला निर्वाचन क्षेत्रबाट फडेराको नाम टुंगो लगाएको हो।

यसअघि एमाले हुम्ला जिल्ला कमिटीले केन्द्रीय सदस्य दल रावल, केन्द्रीय सदस्य दल फडेरा, र प्रदेश कमिटी सदस्य सौमती ऐडी गरी तीन जनाको नाम प्रदेश कमिटीमार्फत सिफारिस गरेको थियो। तीमध्ये पार्टी केन्द्रले फडेरालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा चयन गरेको हो।

शनिबार बसेको पार्टी सचिवालय बैठकले हुम्ला निर्वाचन क्षेत्रका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको जनाएको छ।

एमालेले कर्णाली प्रदेशका १० वटै जिल्लाका लागि उम्मेदवार चयन प्रक्रिया सम्पन्न गरेको र सबै जिल्लाका उम्मेदवारको नाम टुंगो लागिसकेको पार्टीले जानकारी दिएको छ।

कर्णाली प्रदेश

सल्यान

१. गुलाबजंग शाह

रुकुम पश्चिम

१.नन्दराम देवकोटा

सुर्खेत

१.धुर्व शाही
२. कुलमणि देवकोटा

कालिकोट

१.नागेन्द्र शाही ९नेसनल०

जुम्ला

१.शान्तिबहादुर महत

मुगु

१.पूर्णबहादुर रोकाया

हुम्ला

१.दल फडेरा

डोल्पा

१.लङ्क रोकाया

दैलेख

१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा

जाजरकोट

१. डम्मरबहादुर सिंह

प्रतिक्रिया दिनुहोस