राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनः कांग्रेस हुम्लाको उम्मेदवार सिफारिस

फिल्को मिसन

मंसिर २८, २०८२,आइतबार
हुम्ला । नेपाली कांग्रेस हुम्लाले आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तथा समानुपातिक) निर्वाचन का लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
नेपाली कांग्रेस संसदीय बोर्ड हुम्लाको २०८२ मंसिर २५ गते बसेको बैठकको निर्णयअनुसार जिल्लाबाट विभिन्न तहका निर्वाचनका लागि उम्मेदवारहरूको नाम कर्णाली प्रदेश कार्य समितिमा सिफारिस गरिएको हो। उक्त सिफारिस प्रदेश कार्य समितिमार्फत पार्टीको सानेपा स्थित केन्द्रीय कार्यालयमा पठाइएको पार्टी सभापति मोहनविक्रम सिंहले जानकारी दिए।
प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष)
जीवन बहादुर शाही
जयपती रोकाया
रिता शाही
केन्द्रीय कार्यालयको परिपत्रअनुसार बहालवाला जनप्रतिनिधिहरूलाई सिफारिस नगर्न निर्देशन रहे पनि, जिल्लास्थित पार्टीका विभिन्न संरचना—महासमिति सदस्य, केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पूर्व पदाधिकारी, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय कार्य समिति, सातै गाउँपालिका तथा ४४ वटै वडा इकाइ समितिहरूको सामूहिक आग्रहका आधारमा जीवन बहादुर शाहीको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ।
प्रतिनिधि सभा सदस्य (समानुपातिक)
बल बहादुर लामा
तारा बहादुर लामा
रम्बा शाही
पार्टीका अनुसार समानुपातिक सूची तयार गर्दा समावेशिता, क्षेत्रीय सन्तुलन र पार्टी योगदानलाई मुख्य आधार बनाइएको छ।
राष्ट्रिय सभा सदस्य
खुलाः पदम बहादुर लामा (एकल सिफारिस)
महिलाः रंगमती शाही, सबिता बुढा
सभापति सिंहका अनुसार उम्मेदवार सिफारिस प्रक्रिया पार्टी विधान, संसदीय बोर्डका निर्णय तथा स्थानीय तहका पार्टी संरचनाबाट प्राप्त सुझावका आधारमा अघि बढाइएको हो । उम्मेदवारको अन्तिम निर्णय भने पार्टी केन्द्रीय समितिले गर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस