हुम्लामा सामाजिक विकास कार्यालयः नयाँ भवनमा डिजिटल सेवा सुरू

फिल्को मिसन

     सीटीभी, डिजिटल सूचना बोर्ड र ई–हाजिरी प्रणाली जडान, हुम्ला प्रदेशकै पहिलो प्रविधि मैत्री कार्यालय बनेको घोषणा

मंसिर २५, २०८२,
हुम्ला । सामाजिक विकास कार्यालय हुम्लाले डिजिटल प्रविधि जडान सहित नयाँ भवनबाट सेवा सुरु गरेको छ । कर्णाली प्रदेशका १० सामाजिक विकास कार्यालयमध्ये हुम्ला पहिलो प्रविधि मैत्री कार्यालय बनेको छ ।
कार्यालय प्रमुख इश्वरबहादुर सिंहका अनुसार, पहिलो चरणमा सीसीटीभी क्यामरा, डिजिटल सूचना बोर्ड र ई–हाजिरी प्रणाली जडान गरेर सञ्चालनमा ल्याइएको छ । यसले कर्मचारीको उपस्थिती र कामको अवस्था अवलोकन गर्न सहज बनाएको छ भने सेवाग्राहीले आवश्यक कागजात र सेवा प्रक्रिया सजिलै बुझ्न सक्नेछन् ।
सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले उद्घाटन गर्दै भने कि अब सबै सरकारी कार्यालय डिजिटल मैत्री हुन आवश्यक भएको बेला सामाजिक विकास कार्यालयले सुरुवात गरेको बताए । आगामी दिनमा टोकन प्रणाली मार्फत सेवाग्राहीलाई व्यवस्थित सेवा दिन पनि लागु गरिनेछ ।
कार्यालयले प्रविधि जडानका लागि करिब साढे चार लाख रुपैयाँ लगानी गरेको छ। चालु आर्थिक वर्षमा सामाजिक विकास कार्यालय हुम्ला कार्यसम्पादनमा अग्रणी रहेको छ र यस वर्ष निर्माण गरिने सबै योजना कार्यान्वयनमा आइसकेका छन् ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सरिता रावत, विभिन्न राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस