खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर
मंसिर १६, २०८२
काठमाडौँ । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । अवस्था लगातार बिग्रिँदै गएपछि उनलाई ढाकास्थित एभरकेयर अस्पतालको कोरोनरी केयर युनिटमा सारिएको छ र हाल भेन्टिलेसनमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ्।
उनको अवस्थामाथि नजिकबाट निगरानी राख्न पाँच सदस्यीय चिनियाँ चिकित्सा टोली बङ्गलादेश पुगेको ढाका ट्रिब्यूनले उल्लेख गरेको छ। अस्पताल परिसरमा सुरक्षामा समेत कडाइ गरिएको छ ।
तीनपटक बङ्गलादेशकी प्रधानमन्त्री तथा बीएनपीकी अध्यक्ष खालिदा जियालाई मुटु र फोक्सोमा संक्रमण देखिएपछि कात्तिक ७ ९नोभेम्बर २३० मा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि विशेष निगरानी कक्षमा सारेर विशेषज्ञ टोलीलाई उपचारमा खटाइएको हो ।
अस्पतालका मुटुरोग विशेषज्ञ तथा मेडिकल बोर्डका प्रमुख डा। शहाबुद्दिन तालुकदारका अनुसार जियाको अवस्था हाल पनि अस्थिर छ र उनी विदेश उपचारका लागि योग्य अवस्थामा छैनन ्।
अस्पताल बाहिर प्रहरी ब्यारिकेड सहित सुरक्षा कडाइ गरिएको छ भने जिया भर्ना भएको तल्ला वरपरका कोठा खाली गराइएको छ । अन्तरिम सरकारले उनलाई विशेष सुरक्षा आवश्यक पर्ने महत्त्वपूर्ण व्यक्तिका रूपमा घोषणा गरेको बताइएको छ ।
यसैबीच, बीएनपीका वरिष्ठ नेता सलाहुद्दिन अहमदका अनुसार खालिदाकी छोरा तथा पार्टीका कार्यकारी अध्यक्ष तारिक रहमान बङ्गलादेश फर्कने तयारीमा छन् । उनी १५ वर्षदेखि लण्डनमा निर्वासनमा रहँदै आएका छन् र हाल बङ्गलादेशको नयाँ पासपोर्ट पर्खिरहेका छन् ।
आसन्न फेब्रुअरीमा हुने आम निर्वाचनअघि खालिदा जियाको गम्भीर स्वास्थ्य अवस्थाले बङ्गलादेशको राजनीतिक वृतमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ । सन् २०२४ को विद्यार्थी आन्दोलनपछिको बदलिँदो राजनीतिक वातावरणमा बीएनपी फेरि मुख्य शक्तिका रूपमा उभिँदै गएको बेला उनी गम्भीर बिमार पर्नु पार्टीका लागि चुनौतीको रूपमा देखिएको छ ।