चितवनविरुद्ध विराटनगरले टस जितेर फिल्डिङ रोज्यो
मंसिर १०, २०८२
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा विराटनगर किंग्सले टस जितेर चितवन राइनोजविरूद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर यसअघिका लगातार तीन खेलमा जीत दर्ता गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चितवन भने दुई खेलबाट दुई अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ ।
विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो। त्यसपछि काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जीत र साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध ९ रनको जीत दर्ता गरेको थियो। निरन्तर सफलतापछि टोली आजको खेलमा पनि सोही लय कायम राख्ने लक्ष्यमा छ ।
चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो।
उता, मंगलबार भएको खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हराएको थियो।