माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपको फाइनलमा
कात्तिक २२, २०८२
काठमाण्डौ ।श्रीलङ्कामा जारी काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै माल्दिभ्सलाई सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको छ। आजै सम्पन्न पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलङ्कालाई पराजित गर्दै कीर्गिस्तान फाइनलमा प्रवेश गरेको थियो।
अब फाइनल खेल भोलि नेपाल र कीर्गिस्तानबीच हुनेछ।
नेपालले यसअघि समूह चरणमा कीर्गिस्तानसँग पहिलो खेल हारेको थियो, तर सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो।