नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवमा वृक्षारोपण तथा सरसफाई

अर्जुन बोहरा

२०८३ साउन २३ शनिबार
सिमकोट । नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा हुम्लाको सिमकोटमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।


सिमकोट गाउँपालिका–५ स्थित शिव मन्दिर परिसरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै मन्दिर परिसरको सरसफाई गरिएको हो। कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शंकर खड्का, प्रहरी निरीक्षक युवराज ढकाल लगायत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।


कार्यक्रमअन्तर्गत शिव मन्दिर परिसरमा वृक्षारोपण गरी हरियाली प्रवद्र्धन गर्नुका साथै सार्वजनिक स्थलको सरसफाई गरिएको थियो। त्यसैगरी, कार्यालय परिसरमा समेत विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।
वृक्षारोपण तथा सरसफाईमार्फत वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र स्वच्छता कायम गर्ने सन्देश प्रवाह गरिएको प्रहरी कार्यालयले जनाएको छ।


नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमले सार्वजनिक स्थलको सरसफाईसँगै वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले स्वच्छ, हराभरा तथा सुन्दर वातावरण निर्माणका लागि वृक्षारोपण र सरसफाईलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस