यस्ता छन् हुम्लाको प्रजिअ पाण्डेको एक सय दिनका उपलब्धि (पूर्णपाठसहित)

अर्जुन बोहरा

पुस २१, २०८१आइतबार
हुम्ला । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफु हुम्लामा पुगेलगतै एक सय दिनको कार्यसम्पादनको सार्वजनिक गर्नुभएको छ । सञ्चारकर्मीसँग आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सय दिनमा गरेका कार्यसम्पदानको विवरण सार्वजनिक गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो ।
आईतबार प्रमुख जिल्ला अधिकारीकै कार्याकक्षमेै संचारकर्मी संग प्रजिअ पाण्डेले गएको असोज १० गते हुम्लामा आएदेखि पुस २१ गते सम्म १सय २ दिन सम्म आप्mले जिल्लामा २७वटा नयाँ उपलब्धि गरेकोे विवरण सुनाउनु भयो ।
जिल्लामा आएलगतै सुरक्षा निकायका प्रमुखसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था लगायत अन्य समग्र बस्तुस्थितिको बारेमा जानकारी लिएको बताए । समग्र हुम्लाको विकास निर्माण तथा सुशासनको विषयमा भूमिका निर्वाह गरेको, गुनासोरहीत सेवा प्रवाह सुनिश्चितता सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउनुका साथै जिल्लामा सुशासनको अवस्था कायम गर्ने गरी कार्यसम्पादन, जिल्ला स्थित राजनितिक दलहरुसँग समन्वय गरी जिल्लाको प्रमुख समस्या शान्ति सुरक्षा, विकास निर्माण, हवाई, विद्युत र सञ्चार लगायतका सेवामा प्रभावकारीता गरेको बताए ।


त्यसैगरी बाजुरको पिलिचौरामा समस्या झेल्दै आएको समस्याको समाधान, व्यापार व्यवसायी, उपभोक्तासँग समन्वय, सहकार्य, जिल्लामा हुने लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी सुरक्षा निकायलाई यसको नियन्त्रण, न्युनिरकणमा जोड दिएको प्रजिअले बताउनु भयो । त्यसै गरि हवाई टिकट र हवाई भाडामा सहजीकरण र अन्य सरोकारवालासँग समनवय उपलब्धि भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट हुने सेवाप्रवाहमा छिटो छरितोसहित सातवटै स्थानीय तहबाट नागरिकता सिफारिस कार्यान्वयन गर्न अनुरोध, आगलागीमा आधारित कृत्रिम घटना अभ्यास, सिमकोटको विद्युत सवष्टेसन निर्माण जस्ता पहल गरियो ।
चीनको ताक्लाकोटमा हुने अन्तर्देशीय समकक्षी बैठकमा सहभागी भएर सिमा पास थप व्यवस्थित, ताक्लाकोटमा रहेका हुम्लीको सुरक्षा अबस्थाबारेमा पहल लगिएको प्रजिअ पाण्डेले बताए।

                                 भिडियो हेर्नुहोस् के भने ?


संघिय तथा प्रदेशबाट आउनु भएका मुख्यमन्त्री लगायतका निकाया संग समग्रह विकास निर्माण तथा सुशासन सम्बन्धमा बुभ्mने बुझाउने गरेको बताए । जिल्लमा लैगिक हिंसा, उपनिर्वाचन शान्त मर्यादित सम्पन्नका साथै दैनिक क्रियाकलाप देखि हुम्लामा भए गरेका हरेक विषयमा प्रभावकारी भूमिका निर्वाह गरेको सय दिनका उपलब्धिका रुपमा लिइएको छ ।
जसमा सेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न निर्देशनहरू दिएको,विभिन्न बिषयगत कार्यालय अन्य सर्वपक्षियको सहमति अनुसार सेवाग्राहीको भिड हुने कार्यालयको सेवामा सुधार आएको लगायतका विषय समेटिएका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट हुने राहदानी, राष्ट्रिय परिचयपत्र, सिमपास वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको प्रजिअको दाबी गरेको छ ।
विवरण सार्वजनिक नागरिकताको प्रमाण पत्र जारी गरिएको, ३१० नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण गरिएको, नयाँ नागरिकताको प्रमाण पत्र २७४ जान लाई वितरण गरिएको बताए ।
यस्तै १५४ वटा राहदानी आवेदन संकलन गरिएको, ३०जना नाबालक परिचयपत्र,८५९राष्ट्रिय परिचय पत्र आवेदन संकलन गरिएको,सिमा पास नविकरण ३५५जना,सिमपास नयाँ ९६०जना लाई वितरण गरेको प्रमुख जिल्ला अधिकार पाण्डेले बताउनुभयो । त्यसै गरि नयाँ संस्था दर्ता ३,संस्था नविकरण २८वटा, २५वटा दलित,एकै भएको प्रमाणित ३५जना,खस आर्य ८,दुर्गम तथा पिछडिएको शिफारिस ४० जना लाई शिफारीस गरिएको पाण्डेले जानकारी दिनुभयो । त्यसैगरि ठाडो उजुरी १ जना र हातहातियार नविकरण ६ वटा रहेको बताए ।

                                    एक सय दिनका उपलब्धि (पूर्णपाठसहित)

प्रतिक्रिया दिनुहोस