सुनकाण्डमा दावाको बयान : एमाले उपाध्यक्षद्वय इश्वर र बादलका छोरा व्यवसायिक पार्टनर !

फिल्को मिसन

भाद्रा १।२०८०

काठमाडौं । हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाएका छन्।
६० किलो ७ सय १६ ग्राम सुन तस्करी सम्बन्धमा गरिएको सोधपुछका क्रममा उनले केही वर्ष अघिबाटै नेपालका शीर्ष नेताका निकटस्थ व्यक्तिहरुसँग मिलेर काम गरिरहेको बताएका हुन्। उनीसँग सीआईबीले बयान लिइसकेको छ।
दावासहितले ठमेलमा सञ्चालन गरेको होटेल भियनाबाट सुनको कारोबार भएको भरपर्दो प्रमाण सीआईबीसँग छ। दावाले नेकपा एमालेका दुई उपाध्यक्षका छोरासँग मिलेर लामो समयदेखि काम गरिरहेको बयानमा बताएका हुन्।

नेपालखबरमा सागर न्यौपानेले लेखे अनुसार दावाले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको भनेका छन्। आफूलाई अप्ठेरो पर्दा उनीहरुले नै सहयोग गर्ने गरेको दावाको प्रारम्भिक बयान छ। साउन १० गते दावालाई होटल भियनामा छापा मार्दै राजस्वको टोलीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस