कोरोनाका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४३ लाख नाघ्यो

फिल्को मिसन

२०७८श्रावण, २४ आइतबार
एजेन्सी । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४३ लाख नाघेको छ । विश्वभर कोरोनाका कारण ४३ लाख ३ हजार ७ सय जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण २० करोड ३१ लाख ४६ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै सङ्क्रमित भएका मध्ये १८ करोड २४ लाख ९९ हजार मानिस उपचार पछि निको भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै ६ लाख ३२ हजार मानिसको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ४ लाख २७ हजार मानिसको मृत्यु भएको छ । यस्तै ब्राजिलमा कोरोनाका कारण ५ लाख ६३ हजार मानिसको मृत्यु भएको छ । रसियामा भने कोरोनाका कारण १ लाख ६४ हजार मानिसको मृत्यु भएको छ । फ्रान्समा १ लाख १२ हजार मानिसको मृत्यु हुँदा बेलाययतमा १ लाख ३० हजार मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस