हुम्लामा एक हप्ताको लागि लकडाउन
२०७८ असार २ बुधबार
हुम्लामा । जिल्लामा आज राति १२ बजेदेखि एक हप्ताका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ ।कोराना सक्रमण बढ्दो रूपमा देखिएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकले लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश आर्चालयले बताउनुभयो ।
जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले आज २ गते राती १२ बजेदेखि असार ८ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
जिल्लामा हाल २सय २३ जनामा महिला ८३ र पुरुष १सय ४० जना कोरोना संक्रमित छन् । संक्रमित हुनेमा नाम्खा गाउँपालिका बाहेक छवटा गाँउपालिकमा होम क्वारान्टिाइन र बाँकी जिल्ला अस्पातलमा रहेको जिल्ला अस्पातल हुम्लाका कोभिड फोकल प्रर्सन भक्ति फडेराले बताउनु भयो ।
जिल्लामा रहेका २सय २३ जना संक्रमितमध्ये २ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण र समुदाय स्तरमा फैलिनबाट रोक्न हुम्ला लाई लकडाउन गर्ने निर्णय गरेको छ ।
जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार बुधबार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आदेशको पालना गर्न जिल्लाभरका सबैमा आग्रह गर्नु भएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै अधिकारी आचार्यको जारी गरेको विज्ञप्तीमा उलेख्य गरेको छ ।