प्रदेशका मुख्यमन्त्री शाहीद्धारा हेलिकोप्टरबाट सिमाना अनुगमन
२०७८असार २ गते शनिबार
हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टोलिद्धारा उतरी हुम्लाको नाम्खा गाउँपालिका चिन संग जोडिएको सिमानाको बारेमा बुझन्को लागि हेलिकोप्टरबाट अनुगमन गरेको छ । शुक्रबार हुम्लाको सिमकोट विमानस्थलमा ओर्लएिका मुख्यमन्त्री शाहीको टोली शनिबार सिमानाको स्थलगत अनुगमनका लागि लिमीको लाप्चा नजिकै लोलुङजोङमा पुगेको पुर्व आर्थिक मामिला मन्त्री विमला केसीले बताउनु भयो ।
कर्णाली प्रदेशसरकारका सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले छ महिना अघिदेखि आफै त्यहाँ गई विवादित भनिएको लिमी लाप्चाको लोलुङजोङ भु–भागको अनुगमन गरेको छ । कांग्रेस संसदीय दलका नेता शाहीका अनुसार लाप्चा र हिल्सा सिमाक्षेत्र विवाद भएपछि वास्तविकताका विषयमा प्रदेश सकार स्वयम आफै उपस्थिती भएको बताए ।
चीनले हुम्लाको सीमा मिचेको बारेमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चर्चा चलेसगै सिमा क्षेत्र विवाद बनेपछि जिल्ला देखि केन्द«सम्म राजनीतिक दलहर दुई भागमा विभाजित भएका थिए ।
माओवादी केन्द्र हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको टोलीले लोलुङजोङ क्षेत्र पुगेर सीमा नमिचिएको भन्दै फरक अभिव्यक्ति दिएका थिए । कांग्रेस नेता शाही, पुर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता विमला केशी, सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई र मुख्यमन्त्रीका सुरक्षा गार्ड जम्दार नारायण चौधरी सहितको टोली नेपाल–चीनको सिमा क्षेत्रको अनुगमन गरेर सुर्खेतमा फर्कियाका छन । नाम्ख गाउँपालिका –५लिमी लाप्चाको लोलुङजोङको सिमा क्षेत्रमा चीनले निर्माण गरेका भवन र अन्य क्षेत्रका बारेमा स्थलगत अनुगमनको लागि मुख्यमन्त्री शाही गएको बताएको छ ।