निर्वाचन आचारसंहिता लागू, हुम्लामा मनोनयन कार्यक्रम सीमित

फिल्को मिसन

माघ ५, २०८२
सिमकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार रातिदेखि निर्वाचन आचारसंहिता लागू गरिएको छ। हुम्लामा उम्मेदवार मनोनयन तथा चुनावी गतिविधिमा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने र कुनै पनि ¥याली वा जुलुसमा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिनुभयो। आचारसंहिता उल्लङ्घन गरेमा जरिवाना तथा उम्मेदवारी रद्दसम्मको कारबाही हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस