हिमाञ्चलमा ग्यास सिलिन्डर विस्फोटपछि ९ जना नेपालीको मृत्यु सहित ६ जना बेपत्ता

फिल्को मिसन

पुष २९, २०८२ ्र काठमाडौं

भारतको हिमाञ्चल प्रदेश, सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विस्फोटपछि आगलागी भएको छ। यस घटनामा नेपालीसहित कम्तीमा ६ जना बेपत्ता भएका छन्।

दिल्लीस्थित नेपाली दूतावासका प्रहरी सहचारी एसएसपी प्रकाश मल्लका अनुसार, केही नेपाली यस घटनामा परेका हुन सक्ने सूचना प्राप्त भएको छ। यसबारे भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।

आगलागीमा अहिलेसम्म ३ जनाको शव फेला परेको छ भने ६ जना बेपत्ता रहेका छन्। भारतीय अधिकारीहरूले घटनामा नेपाली र बिहारका नागरिकसमेत परेको हुन सक्ने आशंका गरेका छन्।

सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का अध्यक्ष मेकबहादुर बुढाथोकीले भने, आफ्ना वडाका दुई परिवारका गरी ९ जनाको मृत्यु भइसकेको दाबी गरेका छन्। घटनास्थलबाट मृतकका आफन्तले मंगलबार बिहान जानकारी दिएका थिए।

वडाध्यक्ष बुढाथोकीले यस घटनाप्रति दुःख व्यक्त गर्दै वडामा शोक विदा घोषणा गरेका छन्। जिल्लाका प्रहरी टोलीले मृतकको घरमा गई सत्यतथ्य जानकारी संकलन गरिरहेको छ

प्रतिक्रिया दिनुहोस