मंसिर १८ गते पूर्णिमा मेला परेपछि नेकपा कर्णालीको एकता सन्देश सभा सारियो
मंसिर १४, २०८२ – सुर्खेत।
नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० कर्णाली प्रदेश समितिले मंसिर १८ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागेको एकता सन्देश सभा स्थगित गरेको छ। सभा मूल व्यवस्थापन समितिका संयोजक काली बहादुर मल्लका अनुसार केन्द्रिय नेतृत्वको कार्यव्यस्तता तथा सोही दिन कर्णालीभर मनाइने परम्परागत पूर्णिमा मेला र साथै हुने विभिन्न सांस्कृतिक कार्यक्रमका कारण कार्यक्रम सारिएको हो। स्थगित गरिएको सभा अब मंसिर २७ गते, शनिबार, वीरेन्द्रनगरकै पहिल्यै तय गरिएको स्थानमै आयोजना हुने संयोजक मल्लले जानकारी दिए।
