सिमकोटमा मासु पसल अनुगमनः सफाइ नपुगे कानुनी कारबाहीको चेतावनी

फिल्को मिसन

मंसिर १०, २०८२
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेका सोह्र वटा मासु पसलको अनुगमन पशु सेवा कार्यालयका प्रमुख नवीन पौडेलको नेतृत्वमा गरिएको छ । अनुगमनमा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण कार्यालय, पत्रकार महासंघ तथा स्थानीय मिडियाको प्रतिनिधि पनि उपस्थित थिए ।
अनुगमनका क्रममा, मौसम चिसो भएकाले मासु बिग्रिएको अवस्था देखिएको थिएन । तर, प्रत्येक पसललाई सफा र स्वच्छ राख्न सुझाव दिइएको छ । प्रमुख पौडेलले चेतावनी दिए कि पुनः अनुगमनमा सफाईको मापदण्ड पालना नगर्ने पसललाई कानुनी कारबाही बताए ।

प्रतिक्रिया दिनुहोस