सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दियो

फिल्को मिसन

मंसिर ८,२०८२
काठमाडौं । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सका लागि १४० रनको विजय लक्ष्य राखेको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोड्यो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन योगदान दिए। त्यस्तै, आरिफ शेखले २७ रन, हर्मित सिंह १९, क्रिश ली १८, विनोद भण्डारी ११, स्कट कुग्गेलेइजन १० तथा इसान पाण्डेले २ रन जोडे। जोश ब्रोन र नरेन साउद खाता खोल्न सफल भएनन्।

कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले ३ विकेट, नन्दन यादवले २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट हात पारे।

यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको कर्णाली थ्बपक ले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै पहिलो जित निकालेको थियो। सोमपाल नेतृत्वको टिम आज दोस्रो जितको खोजीमा मैदानमा उत्रिएको हो।

सुरुवाती दुवै खेल जितेको सुदूरपश्चिम रोयल्स भने अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा अगाडि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस