चीनलाई गहुँ दिएर कार किन्दै रूस
असोज २,२०८२
एजेन्सी । रुसमा वस्तु विनिमय प्रणाली फेरि एक पटक बढेको छ। प्रतिबन्धबाट बच्नका लागि सामानको सट्टामा सामानको विनिमय प्रणालीको अपनाइँदैछ। कम्पनीहरू गहुँको सट्टा चिनियाँ कार र जुटको बिउको सट्टा निर्माण सामग्री लिइरहेका छन्।
विश्वको सबैभन्दा ठूलो प्राकृतिक स्रोत साधन उत्पादक रुसले तीन दशक अघि सन् १९९१ मा सोभियत संघको विघटन पछि पश्चिमी देशहरूसँग आर्थिक सम्बन्धको यात्रा सुरू गरेको थियो।
आज रुसले चीन र भारतसँगको आफ्नो सम्बन्ध बलियो बनाएको भएपनि, विनिमय प्रणालीको पुनरागमनले युक्रेन युद्धले रुसको व्यापारिक सम्बन्धलाई कसरी असर गरेको छ भनेर देखाउँछ।
अमेरिका, युरोप र सहयोगी देशहरूले रुसमा २५ हजार भन्दा बढी विभिन्न प्रकारका प्रतिबन्ध हरू लगाएका छन्। सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि र २०१४ मा क्रिमियालाई अलग गरेपछि रुसको २.२ ट्रिलियन डलरको अर्थतन्त्रले ठूलो नोक्सान बेहोरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन पनि घटेको छ।
अमेरिकाले रुसी तेल खरिद गरेको कारण भारतमाथि पनि भारी आयात शुल्क लगाएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
राष्ट्रपति पुटिन भने रुसी अर्थतन्त्रले अपेक्षा भन्दा राम्रो प्रदर्शन गरेको दाबी गर्छन्। रुस पछिल्ला दुई वर्षमा जी–७ देशहरू भन्दा छिटो अगाडि बढेको छ, जबकी पश्चिमी देशहरूले उसको पतनको भविष्यवाणी गरिरहेका थिए। पुटिनले व्यापारी र अधिकारीहरूलाई जसरी पनि प्रतिबन्धहरू उल्लङ्घन गर्न आदेश दिएका छन्।
रूसी अर्थतन्त्रमा तनावका संकेतहरू
त्यसो त रुसी अर्थतन्त्रमा तनावका संकेतहरू बढ्दै गएका देखिन्छन्। रुसी केन्द्रीय बैँकका अनुसार देशको अर्थतन्त्र पहिले नै प्राविधिक रुपमा मन्दी झेलिरहेको छ र मुद्रा स्फिति (महंगी) को दर पनि निकै उच्च छ।
सन् २०२२ मा स्विफ्ट भुक्तानी प्रणालीबाट रुसी बैँकलाई बहिष्कार र चीनका बैँकहरूलाई अमेरिकी धम्कीले दोस्रो–चरणका प्रतिबन्धहरूको शंका बढाएको छ। भुक्तानी बजारसँग सम्बन्धित स्रोतले चिनियाँ बैँकलाई प्रतिबन्धित बैंकहरूको सूचीमा पर्ने डर रहेकाले तिनीहरूले रुसबाट पैसा लिन नचाहेको बताएका समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
सन् २०२४ मा, रुसी अर्थ मन्त्रालयले १४–पृष्ठको ’विदेशी मुद्रा लेनदेन गाइड’ जारी ग¥यो। जसमा, व्यवसायीहरूलाई ‘प्रतिबन्धहरूबाट बच्न कस्ता तरिकाहरू अपनाउनुपर्छ’ भनेर सुझाइएको थियो ।
यस्तैगरी, एउटा व्यापारिक प्लेटफर्म सिर्जना गर्ने प्रस्ताव पनि गरियो, जसले वस्तु विनिमय बजारको रूपमा काम गर्नेछ। ’विदेशी व्यापार विनिमयले विदेशी कम्पनीहरूसँग सामान र सेवाहरूको लेनदेन नगरीकनै अन्तर्राष्ट्रिय भुक्तानीहरू लाई सक्षम बनाउनेछ’, मन्त्रालयको दस्तावेजमा भनिएको छ।
रुसी र एसियाली उद्योगपतिहरूको संगठनका सचिव म्याक्सिम स्पास्की भन्छन्, ‘एक्सचेन्जको विकास डलर हटाउने, प्रतिबन्धहरूको दबाब र सदस्यहरूबीच तरलताको समस्याको संकेत हो।’
रुसी भन्सार सेवाले विभिन्न देशहरूसँग धेरै वस्तुहरू आदानप्रदान भइरहेको पुष्टि गरेको छ। यद्यपि, बजारको कुल लेनदेनको अगाडि अहिले पनि यो निकै कम ठानिएको छ।
रुसको फेडरल कस्टम सर्भिसेजको तथ्यांक अनुसार गत जनवरीदेखि जुलाई सम्म रुसको वैदेशिक व्यापार नाफा एक वर्ष अघिको तुलनामा लगभग १४ प्रतिशतले घटेर ७७.२ अर्ब डलर पुगेको छ।
सोही अवधिमा निर्यात ११.५ अर्ब डलरले घटेर २३२.६ अर्ब डलरमा आइपुग्दा, आयात ११.५ अर्ब डलरले बढेर १५५.४ अर्ब डलर पुगेको छ।
अन्नको सट्टा कार
खुलासा भएकामध्ये एउटा कारोबार रुसी गहुँको सट्टा चिनियाँ कार रहेको रोयटर्सले उल्लेख गरेको छ। सम्झौता गरेको चिनियाँ कार कम्पनीले कारका लागि भुक्तानी अन्नसँग गर्न भनेको समाचारमा जनाइएको छ। चिनियाँ साझेदारले युआन दिएर चीनमा नुन किने।
त्यस्तै, रुसी साझेदारले रूबल दिएर अन्न किने र त्यसपछि गहुँको सट्टा कारहरूको कारोबार गरियो। कति कारको सट्टा कति अन्न दिइयो भन्ने कुरा अझै थाहा छैन। त्यस्तै, थप दुई लेनदेनमा रुसी जुनको बिउको सट्टा निर्माण सामग्री दिइयो। यसको मूल्य लगभग १ लाख अमेरिकी डलर रहेको अनुमान गरिएको छ। चीन रुसी जुटको बिउको प्रमुख आयातकर्ता हो, जहाँ यसको प्रयोग औद्योगिक प्रक्रियाहरू र पोषण उत्पादनहरूमा गरिन्छ।
त्यस्तै, एउटा कारोबारमा, चीनबाट मेसिनहरू को सट्टा धातु हरू दिइएको छ। यस प्रकारको सम्झौता पाकिस्तानसँग पनि गरिएको थियो। यस्ता कारोबारहरूले रुसी प्रतिबन्धहरूको अवधिमा पश्चिमी देशहरूबाट सामानहरू ल्याउन पनि मद्दत गरेको छ।
विनिमय हुनु अघि नै समस्या
सन् १९९० मा सोभियत संघको विघटन पछि जब त्यहाँ वस्तु विनिमय मार्फत व्यापार सुरू गरियो, यसले त्यहाँको अर्थतन्त्रमा धेरै उथलपुथल ल्यायो।
त्यसपछि यो प्रणाली बिजुली, पीठो, चिनी, जुत्ता जस्ता चीजहरूको लागि बनाइएको थियो। यद्यपि, मूल्य निर्धारण गर्न गाह्रो थियो र पनि केही मानिसहरूले त्यसको पूर्ण फाइदा उठाए। त्यतिबेला देशसँग तयारी मुद्रा थिएन, यसका अलावा, भारी मुद्रा स्फिति र बारम्बार मुद्राको अवमूल्यनले विनिमय प्रणालीको अवस्था बिग्रियो।
अहिले मुद्राको अभाव छैन, तर पश्चिमा प्रतिबन्धको डर रुस र चीनमाथि दबाब कम गर्न विनिमय प्रणाली अपनाउँदैछ। रुसले पश्चिमी देशहरूलाई अवैध मान्दछ, भने चीनले तिनीहरूलाई भेदभाव पूर्ण भन्दै आएको समाचारमा उल्लेख छ।