नेकपा (एमाले) सर्केगाड गाउँपालिका कमिटीको बैठक सम्पन्न
साउन १४, २०८१
हुम्ला । नेकपा (एमाले) सर्केगाड गाउँपालिका कमिटीको बैठक सम्पन्न भयो । बैठकको प्रमुख अतिथि एमाले जिल्ला कमिटिका उपाध्यक्ष प्रकाशको उपस्थितिमा र गाउँकमिटि अध्यक्ष गोकुल रावलको अध्यक्षतामा बैठक आयोजना गरिएको थियो।
बैठकमा पार्टीको आगामी कार्यक्रम, स्थानीय विकास गतिविधी र राजनीतिक रणनीतिहरू छलफल गरियो। प्रमुख अतिथि शाहीले पार्टीको महत्व र स्थानीय स्तरमा संगठन सबल पार्न आवश्यक कदमहरूबारे जोड दिनुभयो। उनले पार्टी कार्यकर्ताहरूलाई जनताको समस्याहरू सुन्ने र समाधान गर्नुपर्ने आग्रहा सहित निर्देशन दिनु भयो । गाउँपालिका स्तरमा पार्टीको संगठनात्मक क्षमता बढाउने र जनसम्पर्क विस्तार गर्ने आजको आवश्यकता रहेको बताए बैठकमा सहभागी कार्यकर्ताहरूले पार्टीको नीति र कार्यक्रमलाई स्थानीय स्तरमा कार्यान्वयन गर्ने बारेमा विस्तृत छलफल गरेको जानकारी प्राप्त भएको छ । त्यसै गरि मनिसिंहको अध्यक्षमा ११ सदस्यी उत्पिडन जातिय मुक्ती समाज गठन गरेको छ ।