ट्याक्टर दुर्घटना :१३ जना घाइत,घाइते लाई जिल्ला अस्पतामा ल्याउँदै

फिल्को मिसन

साउन २,२०८२
हुम्ला । सिमकोट गाउँपालिका–१ बजैवडा गाउँमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दोजाबाट खार्पुनाथकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१त०३५३नम्बर ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जङ्गल जटीबुटी संकलन गर्न गएको श्रमिकहरु चढेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव उपरीक्षाक शंकर पोखरेले बताए । ‘घटनाको विस्तृत विवरण आइसकेको छैन्, मजदुर चढेको भन्ने खबर छ,’ घटनास्थलबाटै स्र्वयम नायव उपरीक्षाक पोखरेल बताउनुु भयो ।
घाइतेहरुको जिल्ला अस्पतलामा सिमकोटमा पठाउने तयारी भईरहेको कुम्ली स्वास्थ्य चौकीका प्रमुख धनजित भण्डारीले बताए । जटीबुटी संकलन गर्न गएका मानिसहरु घरतर्फ र्फकिने क्रममा ट्याक्टर आउँदै गर्दा ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको बताए । अहिले घाईते विरामी लाई जिल्ला अस्पताल सिमकोट ल्याउनको लागि जिल्ला प्रहरी कार्यलयको गाडी र दुईवटा बोलोरोजिप घटनास्थलमा पुगी सकेको बताए । दुर्घटना भएको ट्याक्टर कुल बहादुर लामाको भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस