भारतीय दूतावासद्वारा सिमकोट पालिकालाई एम्बुलेन्स हस्तान्तरण

फिल्को मिसन

जेठ ३१, २०८२, शनिबार
काठमाडौँ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासले सिमकोट गाउँपालिका हुम्ला लाई एक थान एम्बुलेन्स प्रदान गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत–नेपाल विकास साझेदारी अन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एम्बुलेन्स प्राप्त गर्ने सिमकोट गाउँपालिका लेखा अधिकृत विशाल बोहराले भारत सरकारको निरन्तर सहयोग प्रति आभार व्यक्त गर्दै नयाँ एम्बुलेन्सले दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले सम्बद्धलाई धन्यवाद दिएका छन । उनले भनेका छन्, ‘नजिकै रहेको मित्रराष्ट्र छिमेकी देश भारतबाट दुर्गम जिल्ला सिमकोटमा आज नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय राजदुतावासले सिमकोट गाउँपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको खुशी व्यक्त गरे । अब देखि वडा नं १ देखि ८ का स्याडा, याङ्गु, खोल्सी लगायत बस्तीमा गाउँपालिका केन्द्रसँग सडक नजोडिएको भए पनि अन्य सात वटै वडा सडक सञ्जालमा जोडिएका छन् । अब बिरामीलाई अस्पताल पुुर्याउन सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस